• २०७५ माघ १० बिहीबार / 24th January, 2019
  • nicemedianetwork@gmail.com

रोशनी केसीको ‘जानी नजानी’ चलचित्रको गीत सार्वजनिक

2018-12-29 | २०७५ पौष १४ शनिबार | १६:२९:००

काठमाडौँः रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्र  ‘जानी नजानी’ को 'एउटीलाई मुटुमा घर' बोलको गीत सार्वजनिक गरिएको छ । 

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रोशनी केसी निर्मित  फिल्मको गीत सार्वजनिक गरिएको हो । सडक बालबालिकाको वास्तबिक जीवनमा आधारित चलचित्र 'डा. खाते' निर्माण गरेर निकै चर्चा बटुलेकी अभिनेतृ केसीको  चलचित्र ‘जानी नजानी’ १ चैतमा प्रदर्शन हुँदै छ । 

 

 


वसन्त अधिकारीको डेब्यु निर्देशन रहेको फिल्मको सो गीत अर्जुन पोखरेल र दुर्गा खरेलले गाएका हुन् । अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियोमा मनीषसुन्दर श्रेष्ठ, सुमी मोक्तानलगायतको कोरस डान्स छ ।

 

यस भन्दा अगाडि निर्माण गरिएको  चलचित्र 'डा. खाते' भन्दा फरक कथावस्तु चलचित्र ‘जानी नजानी’ मा समेटिएको प्रस्तुकर्ता केसी बताउँछिन् । उक्त ‘जानी नजानी’ चलचित्रमा प्रस्तुतकर्ता रोशनी केसीको पनि दमदार अभिनय रहेको छ । चलचित्र  लाई  दर्शकहरुले मन पराई दिनेमा प्रस्तुतकर्ता रोशनी निकै आशावादी छिन् ।

 


त्यसैगरी लामो समयदेखि असिस्टेन्स डिरेक्टर भएर काम गरेका बसन्त अधिकारीले निर्देशनमा डेव्यु गरेका छन् । कार्यक्रममा निर्देशक बसन्त अधिकारीको कामगर्ने शैलीको उपस्थित सबैले तारिफ गरेका थिए । 


यसका साथै चलचित्र क्षेत्रमा बसन्त अधिकारी निकै नै मिलनसार र सजिलो व्यक्तिको रुपमा चिनिन्छन् ।


चलचित्रमा मनिष र सुमिकोसाथै निरिशमा बस्नेत, नम्रता श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ भने चलचित्रलाइ सामिप्यराज तिमिल्सीनाले लेखेका हुन् ।  रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मिण गरिएको चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

प्रतिकृया दिनुहोस

चलचित्र 'प्रेमलिला' को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

बिबेक रसाइली काठमाण्डौँः अभिनेत्री तथा  निर्मात्री दिपशिखा खड्काको  निर्माण रहेको  चलचित्र प्रेमलिलाको बिहिबार राजधानिमा एक कार्यक्रमको

निर्मात्री रोशनी केसी  'अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड’ मा सम्मानित

काठमाडौः निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । आइतबार थाइल्याण्डमा सम्पन्न भएको ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड–२०१८’ मा

गायक सचिन रौनियारको 'ए मान्छे' लाई युट्युवमा ५ मिलियन प्लस भ्युज

काठमाडौः केही समय  अगाडी सार्वजनिक भएको 'ए मान्छे' बोलको गितले युट्युवमा ५ मिलियन प्लसको भ्युज प्राप्त गर्न सफल भएको छ ।  यससंगै 'ए मान्छे'